१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बुटवलमा कोरोनाले ७० वर्षीया महिलाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ ।

बुटवलमा कोरोनाले ७० वर्षीया महिलाको मृत्यु

असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमका अनुसार उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेकी ती महिलालाई कोरोनाकै कारण निमोनिया भएको थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?