बेड अभाव भएपछि बुटवलबाट दाङ रिफर गरिएका संक्रमितको बाटैमा मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा एक संक्रमितको बाटोमै मृत्यु भएको छ ।

अर्घाखाँचीको होम्निकास्थान गाउँपालिका–९ का ७३ वर्षीय व्यक्तिको बिहीबार बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल आएका उनको असोज २७ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई बुधवार धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो । बिरामीको स्वास्थ्यमा थप समस्या भई आईसीयू आवश्यक परेपछि दाङको बेलझुन्डी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ती व्यक्तिमा मृतकमा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?