२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रैथाने खाना चिनाउन प्रतियोगिता

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइनमार्फत नेपाली रैथाने पाककला प्रतियोगिता हुने भएको छ । अनुसन्धान अभियानको एक वर्ष पूरा भएको अवसरमा रैथाने चुलोले सामाजिक दूरीलाई पालना गर्दै ‘खाने कथा’ शीर्षक दिएर भर्चुअल माध्यममा नै प्रतियोगिता गर्न लागेको हो ।

रैथाने खाना चिनाउन प्रतियोगिता

अभियन्ता एवं आयोजक सेफ प्रेमला घिसिङका अनुसार प्रतियोगितामा सहभागीले विभिन्न भौगोलिक क्षेत्रमा पाइने रैथाने खानपान र विभिन्न समुदायले खाने एउटा परिकार समेटिएको भिडियो कात्तिक २ देखि ३० गतेसम्ममा पठाउनुपर्नेछ । प्रतियोगीले उक्त खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्षसमेत उल्लेख गर्नुपर्नेछ ।

पकाउने विधिसहित प्राप्त सात मिनेटसम्मको भिडियो सामग्रीलाई रैथाने युट्युब च्यानलबाट मंसिर १ देखि ३० गतेसम्म ‘खाने कथा’ मा प्रसारण गरिने उनले बताए । प्राप्त भिडियोलाई व्याकुल माइला, पुष्कर शाह र अमृत योञ्जनलगायतले मूल्यांकन गर्नेछन् । पुस १ मा घोषणा हुने नतिजामा प्रथम, द्वितीय र तृतीय विजेताहरूले क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन २९, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?