बुटवलमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा बुधबार अस्पताल लैजाँदै गर्दा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल–४ का ७७ वर्षीय पुरुषको बुधबार बिहान कोरोना विशेष अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

बुटवलमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा ल्याइएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहाँ गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो । उनलाई राति थप समस्या भएपछि कोरोना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डा. गौतमले जानकारी दिए । अस्पतालका अनुसार ती व्यक्तिमा मुटुरोगको समस्या थियो ।

प्रकाशित : आश्विन २८, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?