कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशका उपसभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताए ।

लुम्बिनी प्रदेशका उपसभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण

सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकरलन गरी परीक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ ।

संक्रमित कर्मचारीको व्यवस्थापन कहाँ कसरी गर्ने भन्नेबारे तयारी भइरहेको प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । उपसभामुख कृष्णी थारुले भने आफू र आफ्ना कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताइन् ।

यसअघि असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो । जहाँ नाम र स्थायी राजधानीका बारेमा नाराबाजी समेत भएको थियो । त्यसयता सभामुखसहित आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?