काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या आकस्मिक बाहेकका हाललाई शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि शल्यक्रिया सेवा सुरु गर्न अनुरोध गरे । उनले भने, ‘यसरी बेडको, आईसीयू र भेन्टिलटरको उपलब्धता हुन सक्छ ।’
डा. गौतमले उपत्यकाभित्र सबै किसिमका सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा बनाइने जानकारी दिए ।
सघन कक्ष, आईसीयूका लागि आवश्यक सामग्रीका लागि स्वास्थ्य विभागसँग व्यवस्थापन गर्न आग्रह गरेको उनले बताए ।
