तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार एक संक्रमित महिलाको मृत्यु भएको छ ।
विगत ३ दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे अस्पताल ल्याइएकी अर्घाखाँचीको सन्धिखर्क –४ की ८० वर्षीया महिलाको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो ।
उनको उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
