१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने दुई पक्राउ

रासस

काठमाडौँ — प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने दुई पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा छन् ।

परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई आक्रमण गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित : आश्विन २६, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?