२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विराटनगरको नोबेल अस्पतालमा थप एक संक्रमितको मृत्यु

देवनाराण साह

विराटनगर — विराटनगरस्थित नोबेल अस्पतालमा सोमबार थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ९० वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगरको नोबेल अस्पतालमा थप एक संक्रमितको मृत्यु

स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएपछि असोज २३ गते वृद्धलाई अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । युरिक एसिड, दम र मधुमेह रोगले पीडित ती वृद्धलाई आईसीयूमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको उनले बताए ।

सोमबार बिहान सुनसरीको वराह क्षेत्र नगरपालिका–५ का कोरोना संक्रमित ३७ वर्षीय पुरुषको यसै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ ।

प्रकाशित : आश्विन २६, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?