२४ घन्टामा २ हजार ७१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ लाख ७ हजार नाघ्यो- समाचार - कान्तिपुर समाचार

२४ घन्टामा २ हजार ७१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ लाख ७ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३१ हजार ३ सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण भएका छन् । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १७ हजार ६ सय ६६ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

शनिबार नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

भेरी अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

रुपा गहतराज

नेपालगन्ज — रोटरी क्लबले नेपालगन्जस्थित भेरी अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ को सहयोगमा एक थान पीसीआर मेसिन भेरी अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब नेपालगन्जका अध्यक्ष बिनोद कर्णले बताए ।

‘अहिले मेसिन हस्तान्तरण मात्र भएको हो’, उनले भने,‘४८ घण्टापछि मेसिनलाई टेक्निकल पर्सनले स्टल गराउनुहुन्छ ।’

कार्यक्रममा अस्पतालका मेसु प्रकाश थापा, कोभिड इन्चार्ज श्यामसुन्दर यादव, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल लगायतले रोटरी क्लबले मेसिन उपलब्ध गराई नागरिक दायित्व पूरा गरेको भन्दै सो मेसिन जनताका लागि भरपुर प्रयोगमा आउने बताए । प्रदेश सरकारले यसअघि भेरीमा एक पीसीआर मेसिन जडान गरेको थियो ।

थप पीसीआर मेसिनले परीक्षण गर्ने क्षमता बढी हुने भेरी अस्पतालका मेसु डा प्रकाश थापाले बताए । ‘दैनिक हामीले ७ सय नमुनाको परिणाम निकाल्थ्यौं’, मेसु थापाले भने,‘अब एक हजार नमुनाको परिणाम निकाल्न सक्ने छौं ।’

प्रकाशित : आश्विन २५, २०७७ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×