राप्रपा केन्द्रीय समितिमा चार सय जना थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति विस्तार गरिएको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले विभिन्‍न जिल्लाका चार सय जनालाई केन्द्रीय समितिमा थप गर्ने निर्णय लिएको राप्रपाले जनाएको छ ।

राप्रपा केन्द्रीय समितिमा चार सय जना थपिए

आइतबार राप्रपाका अध्यक्षत्रयले पार्टी विधानअनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरी केन्द्रीय कार्य समिति विस्तार गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय समिति विस्तार भएसँगै राप्रपाको केन्द्रीय कार्यसमिति ७२७ सदस्यीय भएको छ । तीन फरकफरक पार्टीहरूबीच एकीकरण भएपछि बनेको राप्रपालाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलोपटक केन्द्रीय समिति विस्तार गरिएको हो ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा आगामी वैशाखमा महाधिवेशन गर्ने तयारीस्वरुप केन्द्रीय समिति विस्तार गरिएको उल्लेख छ ।

असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने राप्रपाको योजना छ ।

प्रकाशित : आश्विन २५, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?