धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण पुष्टि भएका धुलिखेल–११ डाँडागाउँका एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको वडाअध्यक्ष विष्णु धितालले जानकारी दिए ।

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

५ दिनअछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । धितालका अनुसार उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुुसार यसअघि जिल्लामा १३ जनाको मृत्यु भइसकेका छन् । ४ पुरुष र ४ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन २५, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?