कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धनगढीमा एक कोरोना संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार राति ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धनगढीमा एक कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–३ का ती पुरुषको शनिबार राति २ बजेर १५ मिनटमा मृत्यु भएको हो । असोज २० गते कोरोना पुष्टि भएका उनी अस्पतालमा २३ गते भर्ना गरिएको थियो ।

कलेजोमा समस्या भएका संक्रमितलाई शनिबार राति श्वासप्रश्वासमा समस्या भएको श्रेष्ठले बताए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मामा दिइने भएको छ । योसँगै सेती अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

अस्पताल सेतीमा अहिले २५ जना भर्ना भएका छन् । जसमध्ये कोरोना संक्रमित २ जना आईसियूमा रहेका छन् । सरकारले सुदूरपश्चिम प्रदेशको सेती अस्पताललाई कोरोना संक्रमितको लागि लेबल २ को रिफर अस्पतालको रुपमा तोकेको छ ।

प्रकाशित : आश्विन २५, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?