डा. केसीको जीवन रक्षाका लागि नौ चिकित्सकको अपील - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको जीवन रक्षाका लागि नौ चिकित्सकको अपील 

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सकहरूले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपील गरेका छन् । नौ जना चिकित्सकहरूको तर्फबाट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर मोडमा पुगेकोले सरकारलाई गम्भीरतापूर्वक लिन अपील गरेका हुन् । 

'पूर्ववत्‌ सम्झौताको भावना र मर्मअनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागहरूको कार्यान्वयनका लागि भनी डा. केसी पुन: १९ औं पटक आमरण अनशन बसेको आज २७ दिन भइसकेको छ,' अपीलमा भनिएको छ, 'उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टिकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषमपूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथाशक्य निचोडमा पुर्‍याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरू हार्दिक अपील गर्दछौं ।'

संयुक्त अपील जारी गर्ने चिकित्सकहरूमा भरत प्रधान, महेश मास्के, चोपलाल भुसाल, अर्जुन कार्की, भगवान कोइराला, सरोज धिताल, अञ्‍जनीकुमार झा, मुक्तिराम श्रेष्ठ र केन्दारनरसिंह केसी छन् ।

उनीहरूले सरकार र डा.केसी पक्षबीचको जारी वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्‍याउनका निम्ति अपनाउनुपर्ने संवेदनशीलतालाई सूक्ष्म रुपमा मनन गरी डा. केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूहलाई गम्भीर हुनसमेत अनुरोध गरेका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

कान्तिपुर संवाददाता

चितवन — कोरोना भाइरसको संक्रमण देखिएका ४७ वर्षका एक पुरूषको शनिबार साँझ भरतपुर अस्पतालमा निधन भएको छ । सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका १ का ती पुरूष ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शुक्रबार अस्पताल भर्ना भएका थिए । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालले कोभिड आईसीयूमा राखेर उपचार सुरू गरेको थियो । उनको शनिबार साँझ साढे ६ बजे निधन भएको सूचना अधिकारी पौडेलले बताए । चितवनमा योसँगै कोरोना भाइरस संक्रमण देखिएका ३१ जनाको निधन भएको छ ।

प्रकाशित : आश्विन २४, २०७७ २०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×