चिकित्सक संघले आइतबार आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सक संघले आइतबार आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने

सरकराले ‍औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलन घोषणा
सुदीप कैनी

काठमाडौँ — सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । यसअघि सेवा बहिष्कारको घोषणा गरिएकोमा वार्ता सकारात्मक भएकाले स्थगित गरिएको भन्दै संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ ।

आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो ।

शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार दिउसो बालुवाटार पुगेका थिए । तर, उनको टोली त्यहाँबाट निस्किएपछि पनि वार्ता भएन । बरु सरकारी वार्ता टोलीले केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गर्‍यो । केसी पक्षले भने सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्न गम्भीरता नदेखाएको भन्दै केसीको जीवन रक्षाका लागि दबाब दिन सडक आन्दोलनको आह्वान गरेको छ ।

प्रकाशित : आश्विन २४, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्

घूससहित प्रहरी हवल्दार पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा प्रहरीका हवल्दार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले घूससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।

काठ स्थानान्तरणमा सहजिकरण लागि भन्दै हवल्दारले मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको पाण्डेले बताए ।

प्रकाशित : आश्विन २४, २०७७ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×