उपत्यकामा २४ घण्टामा २ हजार ६७२ जनामा कोरोना पुष्टि- समाचार - कान्तिपुर समाचार

उपत्यकामा २४ घण्टामा २ हजार ६७२ जनामा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो । 

२४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टाको अध्यावधिक विवरणमा शुक्रबार उपत्यका १४ सय ९ जनामा संक्रमण पुष्टि भएको थियो । देशभर शनिबार ५ हजार ८ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा १ हजार २२९ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७४ हजार २५२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ६४ हजार ५५७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६८६ जना रहेका छन् ।


प्रकाशित : आश्विन २४, २०७७ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×