विराटनगरमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु 

देवनारायण साह

मोरङ — विराटनगरको विराट मेडिकल र न्यूरो अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको शनिबार मृत्यु भएको छ । 

विराटनगरमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु 

विराट मेडिकल अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका-५ की ६४ वर्षीया र न्यूरो अस्पतालमा उपचाररत पथरीशनिश्चरे नगरपालिका-६ की ९२ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

मृतक ६४ वर्षाीय महिला असोज १५ गते विराट मेडिकल अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । ९२ वर्षीया महिलालाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा श्वासप्रश्वासमा समेत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

हालसम्म प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

प्रकाशित : आश्विन २४, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?