कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डा. केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा

भएका सहमतिबाट पनि सरकार पछि हटेको केसीपक्षको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेल बालुवाटार गएका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको उनीनिकट स्रोतले बतायो ।

डा. केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा

शुक्रबार मध्यराति भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । २७ देखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताएका छन् । सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो ।

केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले अहिले काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ ।


त्यस्तै डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २४, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?