शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — साझा पार्टीले ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार थिए।

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

सूर्यराज आचार्यले पार्टी परित्याग गरेपछि साझा पार्टीमा प्रवक्ता पद रिक्त रहेको थियो । पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले गत असार २८ गते पार्टी परित्याग गरेका थिए ।

प्रकाशित : आश्विन २४, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?