कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण

रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र अहिले होम आइसोलेसनमा बसेको सभामुख घर्तीले बताए ।

गत मंगलबारमात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आशंका गरिएको छ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारसमेत बैठकमा सहभागी थिए ।

प्रकाशित : आश्विन २३, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?