कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमित बाहिर हिँडडुल गरेको पाइए कानुनअनुसार कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

नियम उल्लंघन गरे ६ महिनासम्म जेल सजाय हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई घर बाहिर हिँडडुल नगर्न अनुराेध गरेकाे छ । काेराेना संक्रमितहरू हिँडडुल गरेको पाइएमा कानुनअनुसार कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।

कोरोना संक्रमित बाहिर हिँडडुल गरेको पाइए कानुनअनुसार कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना लक्षण नभएका धेरैजना बाहिर निस्केर हेलचक्रयाँइ गरेको पाइएकाले कारबाही हुन सक्ने बताए ।

डा गौतमले दसैं, तिहारमा भीडभाड नगर्न र भएकै कपडा तथा सामान प्रयोग गरी घरकै सदस्य मिलेर दसैं मनाउन र अनलाइन वा फोनबाट नै यो वर्षको दसैं, तिहारको आशीर्वाद लिन आग्रह गरे ।

संक्रामक रोग ऐन २०२० अनुसार नियम उल्लंघन गरेको पाइएमा ६ महिना जेल वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ ।

प्रकाशित : आश्विन २३, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?