२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

मृतकमा १ जना महिला र ९ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा महिलामा काठमाडौँकी ८७ वर्षीया, पुरुषहरूमा झापाका २९ वर्षीय र ५२ वर्षीय, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय, काठमाडौँका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय रहेका छन् ।


योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?