पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण

प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् । २४ घण्टामा १३ हजार २७९ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा २५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पीसीआर विधिबाट ११ लाख ४५ हजार २३७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् ।

देशभर भने शुक्रबार २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।


प्रकाशित : आश्विन २३, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?