कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भैरहवामा बुटवलका एक कोराेना संक्रमितको मृत्यु

माधव ढुंगाना

भैरहवा — भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचाररत एक व्यक्तिको कोभिड संक्रमणका कारण शुक्रबार मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष हुन् ।

भैरहवामा बुटवलका एक कोराेना संक्रमितको मृत्यु

उनी गत बुधवार अस्पतालमा भर्ना भएका थिए । बुधवार भर्ना भएका ती बिरामीलाई बिहीबार कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राखि उपचार गरिएकोमा शुक्रबार मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत तेज केसीले बताए ।

केसीका अनुसार अत्याधिक तनाव र निमोनिया भएका ती बिरामीको श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पतालमा उपचाररत रहेका बिरामीमध्ये शुक्रबारमात्रै ५ जनामा कोरोना पोजेटिभ देखिएको उनले जनाए ।


प्रकाशित : आश्विन २३, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?