कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाले मोरङ कारागारका एक बन्दीको मृत्यु

देवनारायण साह

मोरङ — कोसी अस्पतालमा उपचाररत जिल्ला कारागार मोरङका एक बन्दीको कोरोना संक्रमणले मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ का २० वर्षीय युवकको शुक्रबार मृत्यु भएको हो ।

कोरोनाले मोरङ कारागारका एक बन्दीको मृत्यु

शरीर सुन्निएर काम्ने रोगले पीडित उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

उनी २०७६ माघ २१ देखि लागू औषध मुद्दामा पुर्पक्ष थुनामा रहेको मोरङ कारागार प्रमुख सुभाष लामिछानेले जानकारी दिए ।

यसअघि लागुऔषध मुद्दामा मोरङ कारागारमा रहेका इटहरी–४ कै २७ वर्षीय युवकको कोरोनाले मृत्यु भएको थियो । कारागारमा संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइएको कारागार प्रमुख लामिछानेले बताए ।

प्रकाशित : आश्विन २३, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?