सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिनानिष्कर्ष टुंकिएको छ । दुवै पक्ष आ-आफ्ना अडानमा रहेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो घरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् । शुक्रबार ट्विटरमा उनले आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन् । आफू र आफ्नो परिवारका सदस्यमा भने कुनै लक्ष्यण नदेखिएको उनले बताएका छन् ।
सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ । सरकारसँग राति ९ बजेपछि वार्ता सुरु भएको डा. केसी पक्षको वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सबैभन्दा गरिब र कमजोर देश तथा जनतामा कोरोना भाइरसले बढी असर गरेको उल्लेख गर्दै त्यसमा सुधार गर्न अझ बढी अन्तर्राष्ट्रिय सहकार्य र सहयोग जरुरी रहेको बताएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेकाले दसैंमा विशेष सचेतता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुढापाकालाई कोरोनाको जोखिम बढी हुने भएकाले पनि सचेत हुनुपर्ने बताएका हुन् ।
कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामबाबु प्रसाई (खनुरुदे प्रसाई) को शुक्रबार निधन भएको छ । पार्टीको स्थापनाकालदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका ९९ वर्षीय प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीका कोषाध्यक्ष थिए ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई घर बाहिर हिँडडुल नगर्न अनुराेध गरेकाे छ । काेराेना संक्रमितहरू हिँडडुल गरेको पाइएमा कानुनअनुसार कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
चाडपर्वलाई लक्षित गरेर कुलेखानी जलविद्युत् आयोजना पूर्णरुपमा सञ्चालन हुने भएको छ । यस वर्षको वर्षातसँगै पूर्णरुपमा सञ्चालनमा रहेको कुलेखानी जलविद्युत् आयोजनाअन्तर्गत् तीनवटा आयोजना चाडपर्वको समयमा पनि पूर्णरुपमा सञ्चालन हुने भएको हो ।
नेपालभर सक्रिय संक्रमितको संख्या हालसम्म २७ हजार ५३ पुगेको छ । शुक्रबार २४ घण्टामा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म काेराेनामुक्त हुनेको संख्या ७३ हजार २३ रहेको छ ।
उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् ।
भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचाररत एक व्यक्तिको कोभिड संक्रमणका कारण शुक्रबार मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष हुन् ।
भू-उपयोग ऐन, २०७६ बनेको लामो समयसम्म पनि कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोबारे राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो दिएको छ ।
त्रिभुवन विश्वविद्यायका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि चार दिनअघि विश्वविद्यालय परिसरमै आक्रमण गर्नेहरुको पहिचान भएको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताएका छन् ।
कोसी अस्पतालमा उपचाररत जिल्ला कारागार मोरङका एक बन्दीको कोरोना संक्रमणले मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ का २० वर्षीय युवकको शुक्रबार मृत्यु भएको हो ।
ककनी–६ स्यागुङगुम्बा धाराटोलका ३९ वर्षीय विनोद लामा गत असोज ८ मा मुटु दुखेर आलसतालस बने । जिल्ला अस्पताल त्रिशूलीभन्दा राजधानी काठमाडौं नजिक पर्ने भएकाले गाउँले र आफन्तले एम्बुलेन्स खोजे ।
सरकारी वार्ता टोलीले समय नदिँदा सरकार र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको वार्तामा ढिलाइ भएको छ । शुक्रबार बिहानैबाट वार्ता थाल्ने भने पनि सरकारी टोलीले समय नदिएको डा. केसी पक्षको भनाइ छ ।
सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका तीन र झापाका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
डडेलधुरा पर्शुराम नगरपालिका—१२ निवासी जनक थापा ‘जन्मजात’ कांग्रेस हुन् । उनका दिवंगत बुबा प्रेमसिंहलाई स्थानीयले प्रजातन्त्रका सेनानी मान्छन् । उनी तत्कालीन पर्शुराम गाविसका अध्यक्षसमेत भएका थिए । पार्टी संगठन र सामाजिक काममा सक्रिय उनले सशस्त्र द्वन्द्वका बेला धेरै कष्ट भोगेका थिए ।
प्रदेश सरकार प्रहरी परिचालनका लागि व्यग्र भइरहँदा संघ (केन्द्र) सरकार भने प्रहरीसम्बन्धी अधिकार हस्तान्तरणमा ढिलाइ गरिरहेको छ । संविधानले स्पष्ट रूपमा प्रदेशभित्रको प्रहरी प्रशासन र शान्ति–सुरक्षाको अधिकार प्रदेशलाई तोकेको छ तर सरकार गठन भएको अढाई वर्षभन्दा बढी भइसक्दा पनि प्रदेशले आफ्नो प्रहरी–प्रशासन पाउन सकेको छैन ।
झापाका विभिन्न स्थानमा आतंक मच्चाउँदै आएको करिब ४० वर्षको दृष्टिविहीन घाइते हात्तीलाई बिहीबार उपचारपछि पुनः जंगलमै छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको डा. विजयकुमार श्रेष्ठ नेतृत्वको पाँच सदस्यीय टोलीले हात्तीको उपचार गरेको हो ।
गैंडाको मृत्यु हुने क्रम ह्वात्तै बढेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पछिल्ला वर्षहरूमा वासस्थान सुधारका लागि करोडौं रुपैयाँ खर्च गरेको छ । तर यसको सकारात्मक प्रभाव अझै देखिएको छैन । पछिल्ला ६ आर्थिक वर्षमा चोरी/सिकारीले मर्ने गैंडाको संख्या लगभग शून्य छ । तर अन्य कारणले १ सय ४५ वटा गैंडा मरेका छन् । गएको चार आवमा न्यूनतम २५ देखि अधिकतम ४३ वटासम्म गैंडा मरेको तथ्यांक छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–४ सोतीमा नवराज विकसहित ६ जना युवाको ज्यान गएको घटनाको उच्च अदालत सुर्खेतमा वादी र प्रतिवादीका तर्फबाट परेको छुट्टाछुट्टै निवेदनमा सुनुवाइ जारी छ ।
कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ ।