जलवायु परिवर्तनले हिमालयदेखि तल्लो तहसम्मको जीवन र जीविकामा असर पारेको छ: प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले हिमालयदेखि तल्लो तहसम्म जीवन र जीविकामा असर पारेको बताएका छन् ।

जलवायु परिवर्तनले हिमालयदेखि तल्लो तहसम्मको जीवन र जीविकामा असर पारेको छ: प्रधानमन्त्री ओली

बुधबार ‘क्लाइमेट भल्नरेवल फोरम’लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले जलवायु परिवर्तन र बढ्दो तापक्रम वृद्धिका कारणले समुद्री सतह बढ्ने, हिमनदीहरु पग्लने खतरा देखिएको बताए ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले नेपालको हिउँबाट बग्ने नदीहरुको महत्वमाथि आफ्ना विचार राखेका थिए । उनले खोलाहरुले पोषण दिने र समुद्री जैविक प्रणालीलाई सफा गर्ने तथा हिमाली तथा तटीय क्षेत्रको पारिस्थितकी प्रणालीको महत्वबारे चर्चा गरेका थिए ।

ओलीले विश्वव्यापी तापक्रम वृद्धिलाई १ डिग्री सेल्सियससम्म सीमित गर्न र यसको राम्रो ट्रयाक रेकर्डलाई जलवायु परिवर्तनको दीर्घकालीन दिगो समाधानको नेतृत्व गर्नका लागि स्थापित सोचको सराहना गरे ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताको कार्यान्वयन र अर्को वर्ष कोप–२६ को समयमा जलवायु मुद्दाहरु शीर्ष रुपमा विश्वव्यापी राजनीतिक एजेन्डा बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रकाशित : आश्विन २२, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?