कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुग्यो

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरबाट ७१ हजार ३ सय ४३ जना निको भएर घर फर्किएको उल्लेख छ ।

पछिल्लो २४ घण्टामा देशभर ४३ सय ६४ जना संक्रमित भएका छन् । जसमा उपत्यकामा मात्रै २५ सय ४० रहेको छ । संक्रमितको संख्या बिहीबार अपराह्नसम्म ९८ हजार ६ सय १७ पुगेको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर परीक्षण भने ११ लाख ३१ हजार ९ सय ५८ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४६० रहेको छ ।


प्रकाशित : आश्विन २२, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?