एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९८ हजार ६१७ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना रहेको छ । बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर परीक्षण ११ लाख ३१ हजार ९ सय ५८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २२, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?