कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता पुन: सुरु हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी टोली र डा. केसीका प्रतिनिधिबीचको केहीबेर स्थगित भएको वार्ता पुन: सुरु हुँदैछ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान साढे १० बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले केहीबेर स्थगित वार्ता  पुन: सुरु हुने लागेको जानकारी दिए ।  

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता पुन: सुरु हुँदै

बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको बताए । स्रोतका अनुसार वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।

डा. कार्कीले आफूहरुले जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिनयता अनशनरत छन् । सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् ।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्वअध्यक्ष डा. अन्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

प्रकाशित : आश्विन २२, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?