डा. केसीका माग पूरा गर्न भन्दै नेविसंघको प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

डा. केसीका माग पूरा गर्न भन्दै नेविसंघको प्रदर्शन

कोटेश्वरमा विरोध प्रदर्शन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए ।

सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको उनले बताए ।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेर सहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए ।

प्रकाशित : आश्विन २२, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?