भैरहवास्थित मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा थप एक संक्रमितको मृत्यु भएको छ । असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

भैरहवास्थित मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो ।

उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुरुङले जानकारी दिए । हालसम्म उक्त अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको छ ।


प्रकाशित : आश्विन २२, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?