कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रञ्‍जनादेवी अदालतमा

अवधेशकुमार झा

राजविराज — छोरी जन्माएकै कारण पति र सासूबाट यातना खेप्दै आएकी सप्तरीको सप्तकोसी नगरपालिका–४ बलारदहकी रञ्जनादेवी झा प्रहरीले उजुरी नलिएपछि न्याय माग्दै अदालत पुगेकी छन् ।

रञ्‍जनादेवी अदालतमा

प्रदेश २ को मुख्य न्यायाधीवक्ता कार्यालयकी प्रादेशिक कानुनी सहायता अधिकृतको सहयोगमा उनी अदालत गएकी हुन् ।

सप्तरी जिल्ला अदालतमा उनको फिरादपत्र बुधबार दर्ता भएको छ । पति नारायण झा, सासु बिदोतमादेवी र ससुरा देवेनले मरणासन्न हुने गरि कुटपिट गर्दै आएको रञ्जनादेवीको फिरादपत्रमा उल्लेख छ ।

पीडकविरुद्ध फत्तेपुर प्रहरी चौकीमा निवेदन दिए पनि कुनै कारबाही नभएको उनको भनाइ छ । रञ्जनादेवी र नारायणको ९ वर्षअघि सामाजिक परम्पराअनुसार बिहे भएको थियो । तीन छोरी जन्मिएकै कारण आफू कुटपिट र यातनाको सिकार हुँदै आएको उनले जनाएकी छन् ।

७ वर्षीया छोरी कृतिका, ५ वर्षीया खुस्बु र २ वर्षीया रचनासहित आफ्नो हकमा समेत घरेलु हिंसा शीर्षकमा उनले फिरादपत्र दर्ता गराएकी हुन् । रञ्जनादेवीले पछिल्लो समय माइतीबाट १० लाख दाइजोसमेत लिएर आउन दबाब दिएको फिरादपत्रमा उल्लेख गरेकी छन् ।

आफ्ना नाबालिग छोरीहरूलाई खानासमेत नदिँदा कुपोषणको सिकार भएको बताउँदै उनले फिरादपत्रमा भनेकी छन्, ‘मेरो गर्भबाट छोरी नै जन्मियो यसमा मेरो के दोष ?’

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २२, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?