प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमणमुक्त भएका छन् । उनले कोरोना संक्रमणको अनुभवबारे लेखेका छन् 'कोरोना केही होइन भन्नु अतिरञ्जना हो, कोरोना लागेपछि सिद्दियो भन्नु उत्तेजनापूर्ण अफवाह हो ।'
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएको भन्दै खारेज गरेको छ ।
सरकारी वार्ता टोली र चिकित्सा क्षेत्रको सुधारको माग राखी अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता अझै जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान साढे १० बजेदेखि जारी वार्ता सकारात्मक भनिए पनि निष्कर्ष निस्कन सकेको छैन । संयुक्त वार्तालाई निष्कर्षमा पुर्याउने कोसिसमा दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
रकम लेनदेनको मौखिक सहमतिपछि करणी (कानूनी भाषामा शारीरिक सम्पर्क) भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका एक आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । मोरङका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान श्रेष्ठलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको हो ।
काठमाडौंबाट जनकपुर जान बुधबार साह थरका एक यात्रुले कोटेश्वरस्थित मितेरी यातायातको काउन्टरबाट टिकट काटे । काउन्टरमा ५ सय रुपैयाँ बुझाए । बाकी रकम गाडीमै दिन भनेर टिकटमै बाँकी ७ सय लेखियो ।
साझा पार्टीले ३७ सदस्य थपेर केन्द्रीय समिति विस्तार गरेको छ । गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाको निर्णयअनुसार सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर केन्द्रीय समिति पुनर्गठन गरिएको संयोजक रवीन्द्र मिश्रले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
स्थायी कमिटी बैठकले कार्यविभाजन र सहकार्यको आधार बनाएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो २७ दिनमा ११ पटक एक्लाएक्लै भेट भयो ।
सामाजिक सञ्जाल फेसबुकको एक्स्प्रेस वाइफाइ परियोजनासँगको सहकार्यमा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले तीन वर्षमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ सेवा पुर्याउने घोषणा गरेको छ ।
बाबुको खातामा घूस लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थानको बुटबल शाखाका प्रमुख सन्तोष साहविरुद्ध एकैसाथ चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनका बाबु रामनाराण सुडी र घूस दिने विभिन्न ठेकेदारलाई पनि मुद्दा चलाएको छ । उनीमाथि कामै सम्पन्न नगरी झुटा प्रतिवेदनका आधारमा ठेकेदारलाई भुक्तानी दिएको र बाबुको बैंक खातामा घूस जम्मा गर्न लगाएको आरोप थियो ।
नेपाल र साइप्रसबीच कूटनीतिक सम्बन्ध कायम भएको ४० वर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस साइलौरिसबीच शुभकामना आदान प्रदान भएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको जानकारी दिइएको हो ।
विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को भयले जनजीवन त्रासमय छ । सबैजसो अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । यस्तो अवस्थामा आफूलाई केही समस्या पर्दा अस्पताल जाने कि नजाने भन्ने अन्याेल हुनसक्छ । केही समस्या परेर जँचाउन जाँदा कोरोना बोकेर घरमा आइने पो हो कि भन्ने डर सबैमा व्याप्त देखिन्छ ।
फिल्म तथा टेलिश्रृङ्खालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरेको छ । टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग हुने गरेको प्रहरी कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारी टोली र डा. केसीका प्रतिनिधिबीचको केहीबेर स्थगित भएको वार्ता पुन: सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान साढे १० बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले केहीबेर स्थगित वार्ता पुन: सुरु हुने लागेको जानकारी दिए ।
हिउँदको समयमा हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका झण्डै आधा दर्जन पोस्ट खाली हुन्छन् । झण्डै चार महिना खाली हुने पोस्टमा अब ड्रोन क्यामेराबाट निगरानी गरिने निर्णय गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल प्रतिनिधिका रुपमा डा. राजेश समबाजीराव पाण्डवलाई नियुक्त गरेको छ । डब्लूएचओको नेपाल प्रतिनिधिका रुपमा हालै नियुक्त भएका डा. राजेशले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
सरकारी वार्ता टोली र चिकित्सा क्षेत्रको सुधारको माग राखी अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच केही बेर अघिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको छ ।
कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको बिहीबार (आज) बिहान मृत्यु भएको छ । योसहित बीपी प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या ४२ जना पुगेको छ भने धरानका ११ जना पुगेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा भैंसी धनीको विवाद प्रहरी, न्यायिक समिति हुँदै अदालत पुगेको छ । न्यायिक समितिले भैंसी एक पक्षको भएको निर्णय गरेपछि अर्को पक्षले उक्त निर्णय बदर गर्न माग गर्दै बुधबार जिल्ला अदालतमा रिट दायर गरेको हो ।
‘राम्रो काम त छैन,’ एक युवक १९ वर्षीय किशोरीसँग भन्छन् । किशोरी लजाएजस्ती देखिन्छिन् । त्यसपछि युवक फित्ताले उनको उचाइ नाप्न थाल्छन् । किशोरी तनक्क तन्किएर उभिन्छिन् । उचाइ ५ फिट ६ इन्च देखिन्छ । युवकले हात देखाउन लगाउँछन् ।