जाजरकोट जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिका–१ ओलभीरमा भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार थप १ पुरुषको शव भेटिएको हो । बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको मृत्युको पुष्टि गरिएको थियो । दुर्घटनामा परी एक जना बेपत्ता र एक जना गम्भीर घाइते भएका छन् । 

जाजरकोट जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा परी जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको हो । एक मृतक र बेपत्ताको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्रेष्ठले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नरबहादुर बुढालाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

.........

जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं.को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए ।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन ।

जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डिएसपी श्रेष्ठले बताए ।

घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?