२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

यूएनएचसीआर नेपालमा नयाँ प्रतिनिधि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) की नवनियुक्त प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

यूएनएचसीआर नेपालमा नयाँ प्रतिनिधि

जर्मन नागरिक स्पानुथ वर्मा नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा नयाँ जिम्मेवारी सम्हाल्न भदौ ३० गते काठमाडौं आइपुगेकी थिइन् ।

उनले नेपाल सरकार र यूएनएचसीआरका अन्य साझेदारहरूसँग मिलेर सहकार्य, कानुन र अनुकम्पाको मर्मलाई सुदृढ बनाउँदै अगाडि बढ्ने आशा व्यक्त गरेको यूएनएचसीआरको नेपालस्थित कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ ।

स्पानुथ वर्मा शरणार्थी संरक्षणका लागि यूएनएचसीआरमा करिब २५ वर्ष बिताइ सकेकी छन् ।

उनले विभिन्न अन्तर्राष्ट्रिय संरक्षण र कानुन सम्बन्धी पदहरूमा रहि मोरक्को, मलेसिया, इन्डोनेसिया, उत्तरी म्यासेडोनिया, बुल्गेरिया र यूएनएचसीआरको मुख्यालयमा अन्तर्राष्ट्रिय संरक्षण विभागका साथै एसिया र अफ्रिकाका क्षेत्रीय कार्यालयहरुमा काम गरिसकेकी छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?