कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

धादिङको नेत्रावतीमा मिनी ट्रक दुर्घटना, चालकसहित २ को मृत्यु, १ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मंगलबार भएको मिनी ट्रक दुर्घटनमा चालकसहित २ जनाको मृत्यु भएको छ । सवारी धनी सख्त घाइते भएका छन्  । 

धादिङको नेत्रावतीमा मिनी ट्रक दुर्घटना, चालकसहित २ को मृत्यु, १ जना घाइते

लपाङ्गफेदीबाट गिट्टी लिएर कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको ट्रक सडक भास्सिएर करिब ४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना ३ का २७ वर्षीय बेगबहादु तामाङ र ट्रकमा सवार नेत्रावती डबजोङ ४ का ६६ वर्षीय दलबहादुर तामाङ रहेको गाउँपालिकाका सूचना अधिकारी कृष्णबद्री पौडेलले बताए । दुर्घटनामा सख्त घाइते भएका २ जनाको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी धनी नेत्रावती डबजोङ २ का ५८ वर्षीय रामबहादुर तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?