कोरोना संक्रमणबाट २४ घन्टामा ९ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृतकमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । 

कोरोना संक्रमणबाट २४ घन्टामा ९ को मृत्यु

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ५९ वर्षीया र ६० वर्षीया, ललितपुरका ६७ वर्षीया र नवलपरासीपूर्वका ७७ वर्षीया महिला रहेको बताए । त्यसैगरी पुरुषमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ वर्षीय र ७७ वर्षीय र चितवनका ७० वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।


प्रकाशित : आश्विन २०, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?