२४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमण मुक्त भई घर फर्किए

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ३४० रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।  

२४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमण मुक्त भई घर फर्किए

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ९९ हजार २७६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना रहेका छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?