१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनशनरत डा. केसीको समर्थनमा नक्सालमा प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — मेडिकल शिक्षा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबार नक्सालमा प्रदर्शन भएको छ । डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए । 

अनशनरत डा. केसीको समर्थनमा नक्सालमा प्रदर्शन

आवासीय चिकित्सक संघ, गोविन्द केसी अलायन्स र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको अगुवाईमा भएको प्रदर्शनमा चिकित्सक र सर्वसाधरणको सहभागिता रहेको थियो ।

सहभागीले 'डा केसी व्यक्ति हैन आवाज हुन्', 'डा केसी हामी तिम्रो साथ छौं', 'सेभ डा गोविन्द केसी' लगायत नारा, सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । सरकारले वार्ता टोली बनाइ तत्काल माग सम्बोधन गर्नुपर्ने र डा केसीको जीवन रक्षाको माग उठिरहेका छन् । तर सरकारले त्यसलाई गम्भीर रुपमा नलिएको डा केसीका समर्थकहरुको आरोप छ ।

मंगलबार भने शिक्षा सचिवसहित ३ जनाको टोलीले डा केसीलाई भेटेर अनशन रोक्न आग्रह गरेको छ ।





प्रकाशित : आश्विन २०, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?