कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको जीवन रक्षा गर्न लेखक/बुद्धिजीवीहरूको माग

'केसीका मागप्रति उदासीन रहेर सरकारले अकर्मण्यता प्रदर्शन गर्‍यो'
कान्तिपुर संवाददाता

काठमाडौँ — डा. पिताम्बर शर्मा, नारायण ढकाल, अरुण उप्रेतीलगायतका १५ जना लेखक/बुद्धिजीवीले अनशनरत सत्याग्रही डा. गोविन्द केसीका मागहरुलाई अविलम्ब सम्बोधन गरी केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । 

डा. केसीको जीवन रक्षा गर्न लेखक/बुद्धिजीवीहरूको माग

मंगलबार एक अपिल प्रकाशित गर्दै उनीहरुले केसीका मागप्रति ऐक्यबद्धता पनि जनाएका छन् । विगत तीन हप्ताभन्दा बढी समयदेखि डा. केसी देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरु राखेर आमरण अनशनमा रहेको उल्लेख गर्दै अपिल तथा ऐक्यबद्धतामा भनिएको छ, ‘यी मागहरु समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौं । तर विडम्वना ! डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ । सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको संस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रति समेत बेइमानी गरेको हामीले ठानेका छौं ।’

अपिल जारी गर्नेमा डा. पिताम्बर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, विमल निभा, डा. सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार, कोमल भट्टराई, सुदीप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोका छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?