कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

कान्तिपुर संवाददाता

बुटवल — प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । 

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् ।

अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?