कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

डा. केसीलाई भेटेपछि शिक्षा सचिवले भने, 'लामो कुराकानी गर्न सक्ने अवस्थामा पनि हुनुहुन्‍न रहेछ'

सुदीप कैनी

काठमाडौँ — सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले मंगलबार २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेको छ । डा. केसीलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको र अनशन तोड्न आग्रह गरिएको शिक्षा सचिव मैनालीले कान्तिपुरसँग बताए ।

डा. केसीलाई भेटेपछि शिक्षा सचिवले भने, 'लामो कुराकानी गर्न सक्ने अवस्थामा पनि हुनुहुन्‍न रहेछ'

‘हामीले नेपाल सरकारको तर्फबाट उहाँलाई भेटेर अनशन तोड्न आग्रह गर्यौ, उहाँले सरकारको तर्फबाट वार्ता टोली गठन भएपछि मात्रै अनशन तोड्ने बताउनुभयो,’ मैनालीले भने । आफूहरुले केसीसँग ५/७ मिनेट कुराकानी गरेको उनले जनाए । ‘उहाँ २ मिनेट जति मात्रै बोल्नुभयो, लामो कुराकानी गर्न नसक्ने अवस्थामा पुगिसक्नु भएको रहेछ,’ मैनालीले थपें, ‘डा. केसीका सहयोगीहरुले उहाँको स्वास्थ्य अवस्था धेरै नै नाजुक भइसकेको जानकारी दिनुभयो ।’ उहाँको स्वास्थ्य अवस्थाकै कारण लामो कुराकानी गर्न नसकिएको सरकारी टोलीले जनाएको छ ।

टोलीमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव दिपक शर्मा र उच्च शिक्षा महाशाखाका उपसचिव लक्ष्मी खड्का थिए । डा. केसीले औपचारिक रुपमा सरकारलाई आफ्ना मागहरु समेत नराखेको सचिव मैनालीले जनाए । उनले भने ‘उहाँको स्वास्थ्य जोखिम बढ्दै गएको छ, यतिबेला सरकारले कोरोनाको कारण स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई प्राथमिकता दिएको छ, त्यही भएर अनशन तोड्नुपर्छ भनेका हौं ।’ साधन स्रोतले भ्याएसम्म डा. केसीले राखेका मागहरु सरकारले पूरा गर्दै गएको उनले जनाए ।

केसीले भने सरकारसँग आफू वार्ता गर्न तयार रहेको बताएका थिए । उनले सरकारी टोलीलाई आफ्नो तर्फबाट वार्ता गर्न टोली तयारी अवस्थामै रहेको जानकारी दिए । सरकारी टोलीले भने वार्ता गर्नभन्दा पनि बढी अनशन तोड्न आग्रह गरेको डा. केसीका सहयोगीहरुले बताए । केसीले सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले समेत अनशन तोड्न मात्रै आग्रह गरेकाले 'भेट्न आउन दु:ख नपाएको भए पनि हुन्थ्यो' भनेका थिए ।

डा. केसीका सहयोगी प्रतिम सुवेदीले अनशनकै कारण स्वास्थ्य अवस्था नाजुक हुँदा पनि सरकार संवेदनशील नभएको जनाए । ‘सरकारी टोलीले अनशन तोड्नुस् भन्यो,’ उनले भने, ‘डा. केसीले मागहरु पूरा गर्न र छलफलका लागि सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेर टोलीलाई फिर्ता पठाइदिनुभयो ।’

जुम्लाबाट १९ औं अनशनमा रहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी शिक्षण अस्पतालमा छन् । जुम्लाबाट सुरु गरेको अनशनलाई निरन्तरता दिँदै उनी काठमाडौं आएका थिए ।

यो पनि


प्रकाशित : आश्विन २०, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?