१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रदेश ५ को राजधानी र नामबारे मतदान प्रक्रिया सुरु

अमृता अनमोल

बुटवल — प्रदेश ५ को नाम र राजधानी सम्बन्धमा मतदान प्रक्रिया सुरु भएको छ । संशोधन प्रस्ताव दर्ता गरेका सदस्यहरुले आफ्नो संशोधन फिर्ता नगरेपछि सभामुखले सभालाई मतदान प्रक्रियामा लगेका हुन् ।

प्रदेश ५ को राजधानी र नामबारे मतदान प्रक्रिया सुरु

अहिले प्रदेश सभा परिसरमा पक्ष र विपक्षको लाइन लगाइदै छ । सत्तापक्षीय नेकपाका सांसदहरु पक्षमा मतदान गर्दैछन् । कूल ८७ सदस्सय रहेको प्रदेश सभामा नेकपाका ६१ सदस्य छन् । त्यसमा सभामुख बाहेकका ६० जना मतदान प्रक्रियामा भाग लिनेछन् । कांग्रेसका १९ सदस्य छन् ।

नेपाली कांग्रेसका सदस्य विपक्षमा लाइन लागिरहेका छन् । जनता समाजवादी पार्टीका २ जना सरकारको प्रस्तावका विपक्षमा छन् । ४ जना भने सरकारको प्रस्तावका पक्षमा उभिएका छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?