कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स‌ंरचना नभएको ठाउँमा राजधानी बनाउन वर्षौं लाग्छ, अर्बौं खर्च हुन्छ : कांग्रेस नेता कनौडिया

कान्तिपुर संवाददाता

बुटवल — प्रदेश ५ का कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र नेकपा नेतृत्वको सरकारलाई सधैँ रचनात्मक सहयोग गरेको बताएका छन् ।

स‌ंरचना नभएको ठाउँमा राजधानी बनाउन वर्षौं लाग्छ, अर्बौं खर्च हुन्छ : कांग्रेस नेता कनौडिया

मंगलबार सरकारले पेस गरेको प्रदेशको स्थायी राजधानी र नामकरणबारेको प्रस्तावमाथिको छलफलका क्रममा विपक्षी दलका नेता कनौडियाले आफूहरुले सधैं सकारात्मक सहयोग गरिरहँदा मुख्यमन्त्रीले दुईतिहाइ बहुमतको दम्भ देखाएको बताएका छन् ।

कनौडियाले राजधानीजस्तो विषयमा सबैको सहमतिले निर्णय हुनुपर्ने आफूहरुको मत रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले गम्भीर रुपले यस विषयलाई लिएको भए सदनमा सोमबार अमर्यादित घटना घट्ने अवस्था नआउने बताए ।

कनौडियाले गाउँपालिका र वडाको संरचना बनाउन नसकेको अवस्थामा संरचना नभएको ठाउँमा राजधानी बनाउन अर्बौं रुपैयाँ खर्च हुने र वर्षौं लाग्ने बताएका छन् । कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भएको अवस्थामा राजधानीमा अर्बौं खर्च गर्ने कुरा उपयुक्त नभएको उनको भनाइ छ ।

सोमबार सदनमा भएको घटनाप्रति आफूहरुलाई दु:ख लागेको भन्दै कनौडियाले मुख्यमन्त्रीले सबै जिल्लाको संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताएका छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?