त्रिविका उपप्राध्यापकमाथि रड प्रहार

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् ।
रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ ।

त्रिविका उपप्राध्यापकमाथि रड प्रहार

उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले चलाउनेमाथि कुटपिट भएको जानकारी पाएको बताए ।


विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो । चलाउने समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक हुन् । उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ ।

प्रकाशित : आश्विन २०, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?