कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बीपी प्रतिष्ठानमा उपचाररत धरानका ६४ वर्षीय संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका–३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ६४ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो  ।

बीपी प्रतिष्ठानमा उपचाररत धरानका ६४ वर्षीय संक्रमितको मृत्यु

उनका अनुसार विगतमा क्षयरोग भएका ती व्यक्ति पछिल्लो समय मधुमेहले पनि पीडित थिए । खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएका उनको असोज १२ गते पीसीआर जाँच गरिएको थियो । रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सोही दिन कोभिड–१९ अस्पताल लगिएको थियो ।

यसैबीच मंगलबार बिहान मात्र धरान उपमहानगरमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमितहरूको विवरण लिएर उनीहरूको सम्पर्कमा आएकाको कन्ट्याक्ट टेसिङ गर्ने काम भइरहेको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?