कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा  ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा छन् । १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए । प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : आश्विन २०, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?