२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

५ वर्षे बालकलाई निर्मम करणी : बेहोस भएपछि घाँटी थिचेर हत्या

अजित तिवारी

जनकपुर — घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो) रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो ?’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा ।

५ वर्षे बालकलाई निर्मम करणी : बेहोस भएपछि घाँटी थिचेर हत्या

लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको थियो । रूपेशलाई डिलमा राखेर उनी खाल्डोको पानीमा बल्छी थाप्न थाले । गरै (सानो माछा) ४–५ वटा झिकेपछि रूपेशलाई समाउन दिए । रूपेशले ‘यो माछा घर लान्छु’ भन्दै जिद्दी गर्न थाले ।

जब २२ वर्षीय रामबहादुरले रूपेशलाई माछा दिँदै एउटा प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर अबोधले कुनै प्रतिक्रिया जनाएनन् । अचानक रामबहादुरले च्याप्प समाएर खेतमा उतानो पारेर पछारे । रूपेशको अनुहार खेतको आलीमा धस्रियो । जबर्जस्ती गर्न खोज्दा उनको मलद्वार च्यातियो । बेहोस भए । निर्ममतापूर्वक करणी गरेपछि रामबहादुरले नाडी छामे । कुनै संकेत नपाएपछि रूपेशले नै लगाएको कन्दनी फुकाले, त्यसैले घाँटी कसेर हत्या गरिदिए । अप्राकृतिक मैथुनको यो घटना धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा भएको हो ।

धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार सुरुमा बालकको हत्यामात्रै ठानिएको यो घटना यति जघन्य होला भन्ने अनुमान प्रहरीलाई थिएन । उनले भने, ‘घटनास्थल पुगेर वस्तुस्थिति बुझ्दा वास्तविकता बाहिर आयो ।’ उनका अनुसार सालोलाई जबर्जस्ती करणीपछि हत्या गरेर पातपतिंगरले छोपेर रामबहादुर ससुराली घर फर्किए । दिउँसै खेल्न हिँडेका रूपेश साँझ अबेरसम्म नफर्किएपछि घरमा हल्लीखल्ली मच्चियो । छोरा खोज्दै हिँडेका रामेश्वर सदासँगै रामबहादुर पनि निस्किए । खोजी टोलीमा गाउँले पनि मिसिए । मध्यरातसम्म खोज्दा पनि रूपेश भेटिएनन् ।

बिहान फेरि खोज्ने भन्दै गाउँलेहरू आ–आफ्नो घर फर्किए । तर रामबहादुर निदाउन सकेनन् । रातभर छटपटिइरहे । बिहानै ३ बजे उनी पुनः घटनास्थल पुगे । उनी त्यहाँबाट शव गायब पार्ने प्रयासमा थिए । तर, एक जना गाउँलेले हलचल भइरहेको चाल पाएपछि ‘को हो’ भन्दै नजिकै गए । रामबहादुर झाडीमा लुके । शौच गर्न आएको होला भन्ठानेर गाउँले फर्किए ।

शुक्रबार बिहानैदेखि गाउँले फेरि रूपेशको खोजीमा जुटे । रामबहादुर पनि टोलीमा मिसिए । माछा मार्न पुगेका दुई बालकले बिहान ११ बजेतिर रूपेशको शव फेला पारे । शंका लागेपछि रामबहादुरलाई गाउँलेले नियन्त्रणमा राखे र प्रहरीलाई खबर गरे ।

एसपी बस्नेतका अनुसार त्यतिबेलासम्म रूपेशको हत्या मात्र भएको लागेको थियो । ‘हिरासतमा सुरूमा रामबहादुरले पनि कन्दनीले घाँटी थिचेर हत्या गरेको मात्र बयान दिएका थिए,’ उनले भने, ‘हत्या गर्नुको कारण खुलाउँदै खुलाएनन् । निकैबेर केरकार गरेपछि मात्रै मलद्वारमा जबर्जस्ती करणी गर्दा बेहोस भएको र घटनाबारे सबैले थाहा पाउलान् भनेर कन्दनीले घाँटी थिचेर मारेको स्वीकार गरे ।’ बयानमा रामबहादुरले ‘आवेगमा आएर ठूलो पाप गरेको’ बताएका छन् ।

रूपेशको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । उनको मलद्वार सुन्निएको र च्यातिएको छ । घाँटीमा गहिरो डाम छ । पक्राउ परेका रामबहादुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपेर हिरासतमा राखिएको छ । धनुषाकै सबैला नगरपालिका–७ भठिहनका रामबहादुरले दुई वर्षअघि धनुषाधाम–७ किसानपुरमा विवाह गरेका थिए । बिहे भएको अर्को वर्ष उनी मजदुरीका लागि भारतको मद्रास पुगेका थिए । ६ महिनामै फर्किए । त्यसयता ससुरालीमा बसेका थिए । उनकी श्रीमती ७ महिनाकी गर्भवती छिन् ।

प्रकाशित : आश्विन २०, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?