कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकार संघीयतालाई कमजोर पार्दैछ : उपेन्द्र यादव

अवधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता कमजोर पार्दै अन्त्य गर्नेतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

सरकार संघीयतालाई कमजोर पार्दैछ : उपेन्द्र यादव

आइतबार राजविराजमा आयोजित पार्टीमा युवा प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशितालाई अन्त्य गरी पञ्चायततर्फ सरकार अग्रसर हुँदै गएको बताए । उनले वर्तमान सरकारले संघीयतामाथि निरन्तर प्रहार गरिरहेको बताए ।

पछिल्लो समयमा संघीय सरकारले गरेका नियुक्तिहरुमा ९० प्रतिशत एउटै समुदायका व्यक्तिहरुलाई अवसर दिएको बताउँदै अध्यक्ष यादवले सरकारी नियुक्तीमा मधेशी समुदायको उपस्थिती शून्य रहेको बताए । उनले नेपालका कम्युनिष्टहरु कम्युनिष्टका नाममा कलंक रहेको बताउँदै उनले कम्युनिष्टहरु समानता र विभेद खडा गरी संघीयतालाई समाप्त गर्नेतर्फ उन्मुख रहेको दाबी गरे ।

वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै उनले सरकार जनआकंक्षा अनुरुप कार्य गर्न नसकेको बताए । ‘कमिशनतन्त्र,लुटतन्त्र र भ्रष्टतन्त्रबाट सरकार चलिरहेको छ,’ अध्यक्ष यादवले भने,‘संघीयतालाई जोगाउन,विभेदलाई अन्त्य गर्न र समावेशिता तथा समानता कायम गर्न फेरि संघर्षको आवश्यकता छ ।’

प्रकाशित : आश्विन १८, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?